२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राजस्थानको धूलोले काठमाडौँ ढाक्यो

राजस्थानको धूलोले काठमाडौँ ढाक्यो

1.9K
Shares

काठमाडौँ – बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् ।
केही दिन अघि पानी प¥यो, आकाश खुलेर नीलो थियो । तर अहिले रातो र घुर्मैलो रङ मिसिएको तुवाँलोले भरिएजस्तो देखिन्छ । “सडकमा धूलो नउडे पनि अनुहार र नाकमा धूलो परेजस्तो लाग्दैछ,” बटुवा रमिता सुवेदीले भन्नुभयो, “दिउँसो केही समय तातो हुन्छ तर साँझ बिहान चिसो महसुस गर्छु ।”

भारतको राजस्थानबाट आएकोे हुरीको परिणामले राजधानीको आकाश र मौसम धूलोले भरिएकोे मौसमविद् राजु प्रधानाङ्ग बताउँछन् ।

“थार मरुभूमिमा यतिबेला बालुवाको धूलोसहितको ठूलो हुरी चलिरहेको छ,” उनले थपे, “चर्किदो घामसँगै बलौटे माटो हुरीसँगै उड्ने गर्छ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij