२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकको ४ नयाँ शाखा बिस्तार

सिद्धार्थ बैंकको ४ नयाँ शाखा बिस्तार

1.4K
Shares

काठमाडौँ- सिद्धार्थ बैंकले काठमाडौँको काँडाघारी, भक्तपुरको मध्यपुर थिमि, कैलालीको क्याम्पस चोक र अत्तरियामा शाखा बिस्तार गरेको छ ।

बैंकको काँडाघारी शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, मध्यपुर थिमिको उद्घाटन प्रतिनिधि सभाका सदस्य महेश बस्नेत, क्याम्पस चोक शाखाको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर ओड र अत्तरिया शाखाको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले उद्घाटन गरका थिए ।

बैंकले देशभर १५३ वटा शाखा(४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६३ एटीएम र १३ सय भन्दा बढी पीओएस मेसिन मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij