२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तातोपानी नाका जेठको दोस्रो साता सञ्चालनमा आउने

तातोपानी नाका जेठको दोस्रो साता सञ्चालनमा आउने

2.2K
Shares

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका जेठ महिनाको दोस्रो साताबाट पुनः सञ्चालनमा आउने बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले जेठ महिनाको दोस्रो हप्ता (जेठ १७) बाट सञ्चालनमा ल्याउने गरी नेपाल र चीनतर्फ तीब्र गतिमा काम भइरहेको जानकारी दिए ।

समितिका सभापति पवित्रा निरौला खरेलका अनुसार, बैठकमा मन्त्री ज्ञवालीले तातोपानी नाका पुनः संचालनबारे चीन सरकारले नेपाललाई जानकारी गराइसकेकोे बताए ।

चीनले सिमाना क्षेत्रका खासा बजारलगायतका आफ्ना बस्ती सारिसकेको जानकारी समेत मन्त्री ज्ञवालीले गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij