काठमाडौं– दिपेन्द्र के खनालले निर्देशनमा नयाँ चलचित्र ‘आमा’को निर्देशन गर्ने भएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका विच सिनेमा निर्माण घोषणा गरिएको हो ।
सिनेमाको कथा, पटकथा तथा संवाद आफैले लेखेका निर्देशक खनाल सिनेमापनि आफैंले खिच्नेछन्। यसअघि दिपेन्दले ’धनपति’ पनि आफैंले छायाँकन गरेका थिए ।
सिनेमालाई डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्दैछिन् ।
काठमाडौं र रामेछापमा छायांकन हुने सिनेमाको सह–निर्माता सन्तोष अधिकारी हुन् । सिनेमामा आमाको शीर्ष भूमिकामा सुर्यमाला खनालले अभिनय गर्नेछिन् । त्यस्तै छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त रहनेछिन।
सिनेमामा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको लगायतका कलाकार पनि अभिनय रहने छ ।
निर्माणपक्षले सिनेमा फागुन ९ गते रिलिज गर्ने घोषणा गरेको छ। निर्देशक खनालले दर्शक र समीक्षक दुबैलाई मनपर्ने सिनेमा निर्माण गर्ने प्रतिवद्धता घोषणा कार्यक्रममा व्यक्त गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij