२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रियंका चोपडा १.८ करोडको लुकमा यस्तो देखिइन्

प्रियंका चोपडा १.८ करोडको लुकमा यस्तो देखिइन्

5.1K
Shares

एजेन्सी – बिलबोर्ड म्यूजिक अवार्ड २०१९ समारोहबाट अभिनेत्री प्रियंका चोपडाको तस्विरहरू सामाजिक संजालमा भाइरल भइरहेको छ। यस दौरानमा प्रियंकालाई खुबै राम्री देखियो। सो समारोहमा उनी जति आफ्नो लुकमा खुलेको देखिएकी छन् उनको सो लुक्सको लागत पनि उत्तिकै होश उडाउने किसिमको छ।

सो समारोहमा देखिएको उनको लुकको मूल्य १.८ करोड भारू रहेको खुलासा भएको छ। यसमा उनले लगाएका लुगा, जुत्ता र गरगहना समावेश छन्। पेजसिक्स डटकमका अनुसार बुधबार रात भएको सो अवार्डकार्यक्रमममा उनले आफ्नो स्टाइलबाट सबैलाई प्रभावित पारिन।

उनको यस समारोहमा लगाएको हिराको इयररिङको मूल्य ५६०० डलर रहेको छ भने त्यसलाई सुहाउने गरी उनले १२ हजार डलरको ब्रासलेटको लगाएकी छन्।

यस्तै ३६ वर्षिया प्रियंकाले घाँटीमा ११ हजार डलरको टिफनी तथा ५५ हजार अमेरिकी डलरको भिक्टोरियाको नेकलेस लगाएकी छिन्। यस्तै यसको साथमा उनले १ लाख ६५ हजार डलरको सर्किट डायमण्ड नेकलेस लगाएकी थिइन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij