२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरका विजेताहरु घोषित

हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरका विजेताहरु घोषित

1.4K
Shares

काठमाडौं– हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेसटिभ डिलाइट २०७५ू अफर को विजेताहरुको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०–१० ग्राम सुन र BUMPER LUCKY DRAW बाट २ जनालाई हुन्डाई i20 Active र हुन्डाई Creta जित्ने अवसर पाएका थिए ।
हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको विजेताको घोषणा HIMALAYA TV मा Live लक्की ड्र मार्फत बैशाख २२ गते आईतबार गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल एवंम सुश्री श्रृंखला खतिवडा, मिस नेपाल वल्र्ड २०१८ रहेका थिए ।
हुन्डाई फेसटिभ डिलाइट २०७५ अफर अनुरुप, १०–१० ग्राम सुन जित्नका लागी १०० जना भाग्याशाली विजेताहरुको लक्की ड्र श्रीमती बिमला खनालद्धारा कनज्युमर आई नेपालको अनामनगर अवस्थित कार्यालयमा गरिएको थियो । सो अफरका १०० जना भाग्याशाली विजेताहरुको नाम हुन्डाई नेपालको फेसबुक पेजमा समावेश गरिएको छ । विस्तृत जानकारीका लागी www.facebook.com/hyundainepal / www.laxmihyundai.com मा हेर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij