२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनता बैंकका ग्राहकलाई बिराट मेडिकल कलेज र बिराटनगर अस्पतालमा छुट

जनता बैंकका ग्राहकलाई बिराट मेडिकल कलेज र बिराटनगर अस्पतालमा छुट

1.3K
Shares

काठमाडौँ– जनता बैंक र बिराट मेडिकल कलेज शिक्षण अस्पताल तथा बिराटनगर अस्पताल प्रा.लिबिच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता भएको छ । विशेष गरी प्रदेश नं. १ का ग्राहकको सुविधालाई मध्येनजर गरी दुबै अस्पतालसँग सझौता गरिएको हो ।

सझौता पछि जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्तगर्न सक्नेछन् ।

उक्त सुविधा उपभोगका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij