काठमाडौं– नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेशलिस्ट’ मानिने प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेल निलम्बनमा परेका छन्। हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत डिएसपी ढुंगेललाई निलम्बन गरिएको हो।
प्रहरी प्रधान कार्यालयले बिहीबार डिएसपी ढुंगेललाई निलम्बन गरेको पुष्टि गरेको छ। चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको भन्दै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको स्रोतले बतायो। स्रोतका अनुसार ढुंगेललाई बिहीबारबाटै निलम्बन गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij