२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गर्मीमा चिसो पानी पिउँदा यस्ता छन् बेफाइदा

गर्मीमा चिसो पानी पिउँदा यस्ता छन् बेफाइदा

1.5K
Shares

एजेन्सी- यदि तपाईं गर्मीमा चिसो पानी पिउन मन पराउनुहुन्छ भने यो खबर विशेष हुनसक्छ । ठन्डा पानी पिउँदा शरीरका विभिन्न अंगमा हानी गर्छ ।

ठन्डा पानीले तपाईंको पेटलाई पनि असर गर्छ । यसले खान पचाउन समस्या उत्पन्न गराउनुका साथै पेट दुख्ने, पेट कराउनेजस्ता समस्या सिर्जना गराउन सक्छ ।

अझ फ्रिजमा राखेको ठन्डा पानीले पिउँदा मुटुमा पनि प्रत्यक्ष असर गर्छ । यसले स्नायुतन्तुलाई उत्तेजित गराउनुका साथै मुटुको गति कम गराउँछ । जसकारण मुटुको भल्भ खराब हुने समस्या उत्पन्न हुन सक्छ ।

ठन्डा पानी पिउनाले शरीरमा अनावश्यक रूपमा उर्जा खर्च हुन्छ ।

चिसो पानीले घाँटीमा पनि असर गर्छ । घाँटीका मांशपेशी तथा कोशिकाहरूमा चिसो पानीले असर गर्नुका साथै संक्रमणको खतरा पैदासमेत गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij