देहा– कतार एयरवेजले फस्र्ट क्लास एवं बिज्नेस क्लास यात्राको बुकिङमा यात्रुहरुलाई आफ्नो प्रिमियम यात्राको लागि आमन्त्रण गरेको छ । एयरवेजले मंगलबार ३० अप्रिल देखि सोमबार ६ मे सम्म उक्त अफरको लागि आमन्त्रण गरेको हो ।
यात्रुहरुले अब कतार एयरवेजको १६० प्रवेशद्वारमध्येको कुनै एक गन्तव्य छनौट गर्दै सम्पूर्ण प्रिमियम दरमा २० प्रतिशतसम्मको छुट र साथै, थप एक सहयात्रीसँग २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । प्रिभिलेज क्लब सदस्यहरुले पनि आफ्ना सम्पूर्ण प्रिमियम बुकिङमा डबल क्यू प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।
कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी साइमन टलिङ–स्मिथले भने, “संसारकै सर्वोत्कृष्ट बिजनेस क्लासको रुपमा कतार एयरवेज आफ्ना प्रिमियम यात्रुहरुलाई सुरुवातदेखि अन्तसम्म अविस्मरणीय यात्राको अनुभव प्रदान गर्न हरदम प्रयत्नरत छ र यसले हामीलाई गौरवान्वित बनाउँदछ । ”
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij