२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सात लाख ७९ हजार पर्ने अपाचे आरआर ३१०, यस्तो छ बिशेषता

सात लाख ७९ हजार पर्ने अपाचे आरआर ३१०, यस्तो छ बिशेषता

7.7K
Shares

काठमाडौं – जगदम्बामोटर्सले अपाचे आरआर ३१० को टेष्ट ड्राइभ गरेको छ । नाडा अटो सो माऔपचारीक रुपमालन्चभएको अपाचे आरआर हालसम्म ११ वटा बिक्रिभइसकेको शंकर समुहका उपाध्यक्ष दिपककुमार अग्रवालले जानकारी दिए । ४० वटा बुकिङ भएको पनि उनले जानकारी दिए ।
बाइकको अधिकतमपावर ९ हजार सात सय रिभोलुसन पर मिनेटमा ३४ हर्स पावर रहेको छ । अधिकतम टर्क सातहजार सात सय रिभोलसुन पर मिनेटमा २७.२ न्युनटन मिटर रहेको छ ।
यो बाइक हाइगियरमालो स्पिडमा सहजै चलाउँन सकिने कम्पनीले जनाएको छ । यो बाइकमा ६ वटा स्पिडगियर रहेका छन् । यसमा डुअल च्यानल एन्टि लक ब्रेकिङ सिस्टम रहेको छ ।
अगाडीको ब्रेकमातीन सय मिलिमिटिरको पेटल बक्स जडान गरिएको छ भने पछाडीकोमा २ सय ४० मिलि मिटरको पेटल बक्स जडान गरिएको छ । यसको बजार मूल्य सातलाख७९ हजार ९ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij