२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पेट्रोल पम्प बिक्री केन्द्रका लागि आवेदन खुल्यो

पेट्रोल पम्प बिक्री केन्द्रका लागि आवेदन खुल्यो

3.7K
Shares

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्री केन्द्रको लागि आवेदन खोलेको छ।
निगमले आज सूचना जारी गर्दै ६० दिन भित्र बिक्री केन्द्रको लागि निबेदन दिनसक्ने जनाएको छ। विक्रेतामा नियुक्त हुन चाहाने इच्छुक फर्म, कम्पनी, संगठित संस्थाको निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को अनुसूची १ बमोजिम निबेदन दिनुपर्ने आयल निगमको भनाइ छ।

निगमको आपूर्ती तथा वितरण विभाग र कार्यलयमा निवेदन दिन सकिने छ। अनुसूची १ बमोजिमको निवेदनको ढाचाँ, निवेदनको साथ पेस गर्नुपर्ने कागजातहरुको विवरण निगमको वेवसाइटबाट प्राप्त गर्न सकिने छ।

यस सम्बन्धि अन्य जानकारीको लागि निगमको आपूर्ती तथा वितरण विभाग र निगमका सम्बन्धित कार्यालयहरुमा वा केन्द्रीय कार्यालयको ४२६३४८१, ४२६३४८२, ४२६३४८५ मा सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij