काठमाडौं- एनआईसी एशिया बैंकले २ नयाँ शाखा विस्तार गरेको छ । ग्रामिण तथा दुर्गम स्थानहरुका साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउने क्रमसँगै बैंकले काठमाडौं उपत्यकाभित्र २ नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।
काठमाडौं महामनगरपालिका वडा नं १४,मेट्रो हल,कुलेश्वर स्थित कुलेश्वर शाखाको उद्घाटन उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित के सीले गरे भने काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको उद्घाटन प्रादेशिक कार्यालय,प्रदेश नं ३ का प्रमुख राजेश रावलले गरे ।
हाल सम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij