२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

घुस दिन खोज्नेमाथि मुद्दा दायर

घुस दिन खोज्नेमाथि मुद्दा दायर

1.6K
Shares

काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतको राजधानी नयाँ दिल्लीबाट आएको बसमा तस्करी गरेर ल्याएको सामान छुटाउन घुस दिन खोज्ने तीन जनाविरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ ।

नयाँ दिल्लीबाट नेपालगञ्ज हुँदै गत चैत ३० गते काठमाडौँ आएको ना५ख ४८४२ नम्बरको यात्रुवाहक बसले भन्सार छली गरेको सामान ल्याएको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको थियो । प्रहरीले काठमाडौँ महानगरपालिका–१५ चमतीबाट उक्त बसलाई जाँच गर्दा राजश्व छलीका सामानसमेत फेला परेका थिए । राजश्व छली गरेर ल्याएको सामान छुटाउनका लागि बसका चालक श्याम विश्वकर्माले रु तीन लाख, दिपा राना र भरत तामाङले र ५० हजार गरी रु तीन लाख ५० हजार घुस दिन खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij