२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेस सेवा

अब जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेस सेवा

1.7K
Shares

काठमाडौं – ७० वर्ष नाघेका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिले अब एम्बुलेन्स सेवा प्रयोग गरे वापत शुल्क तिर्नु नपर्ने भएको छ । काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच आइतबार भएको सम्झौताअनुसार वृद्धवृद्धा र अपांगता भएका व्यक्तिले निशुल्क एम्बुलेन्स प्रयोग गर्न पाउने भएका हुन् ।

विपन्न, गरिब र बेसहराले पनि निशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पाउने भएका छन् । तर, उनीहरुले महानगरको सम्बन्धित वडा कार्यालयको सिफारिसमा मात्र निशुल्क सेवा दिइनेछ । एम्बुलेन्स सेवा (अस्पताल पूर्व आकस्मिक स्वास्थ्य सेवा) संचालन तथा व्यवस्थापनका लागि आइतबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र सेवाका अध्यक्ष रञ्जित आर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij