काठमाडौं-वर्लपुलले काठमाडौंको बौद्ध र मेट्रोपार्क लाजिम्पाटमा सोरुम सञ्चालन गरेको छ । वर्लपुल होम नामबाट एकै दिन खोलिएका सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र वर्लपुलका क्षेत्रीय निर्देशक शिवम् बाबुले गरेका थिए ।
नयाँ सोरुमबाट वर्लपुल ब्रान्डका सबै प्रकारका घरायसी सामान उपलब्ध हुने बताइएको छ । यसरी एकै सोरुममा एउटा ब्रान्डका सबै सामान पाउने नेपालको यो पहिलो सोरुम भएको कम्पनीको दाबी छ । हाल नेपालमा वर्लपुलका वासिङ मेसिन, फ्रिज, माइक्रो ओभन, एयरकन्डिसनर, पंखालगायत सामान उपलब्ध छन् ।
उक्त सोरुममा १२ हजारदेखि २ लाखसम्मका विद्युतीय सामग्री राखिएका छन् । सोरुम सञ्चालनका अवसरमा कम्पनीले ग्राहकलाई विशेष उपहारसमेत दिने भएको छ । उपहार योजना दुई हप्तासम्म रहने बताइएको छ । सोरुमबाट सरल किस्ताबन्दीको सुविधासमेत उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij