२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निगमले पायो जापान उडान अनुमति

निगमले पायो जापान उडान अनुमति

1.2K
Shares

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले झन्डै एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने भएको छ । लामो समयको प्रक्रिया पूरा गरेर बिहीबार निगमको जहाजको भाडादर स्वीकृति पाएको हो। यही प्रक्रिया पूरा गरेर निगमले जापान उडान गर्ने प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए ।

अब यो वायुसेवाले असार १९ देखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गर्नेछ । निगमले लामो संघर्सपछि पाएको यो उडानबारे जानकारी दिन औपचारिक कार्यक्रम नै आयोजना गर्ने प्रवक्ता लामाले बताए ।

निगमले जापानबाट पाएको यो अनुमतिपछि अब काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कन्साई अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नियमति उडान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij