२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल

2.1K
Shares

काठमाडौं – सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ ।
रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा शिशुका पिता टाओले लिएका थिए ।

टाओले स्थानीय अखबारसँग कुरा गर्दै भने, ‘जन्म नै नभएका छोरीहरु धेरै समयसम्म एक अर्कालाई मुक्का हान्थे ।’ यो भिडियो चीनमा व्यापक भाइरल भएको छ । टाओले भिडियो एप डोयुयिनमा यो भिडियो सेयर गरेका थिए । यो समाचार कारोबारमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij