दाङ- दाङको घोराही उपमहानगरपालिकामा इनारमा खसेर एक जना युवाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रामा बनाउँदै गरको इनारमा खसेर सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं. ५ बलाहा निवासी २० वर्षीय रञ्जित महतोको मृत्यु भएको हो।
महतो सोमबार दिउँसो ३ बजेतिर इनारमा रिङ हाल्ने क्रममा खसेर गम्भीर घाइते भएका थिए। इनारको पानीमा डुबेका महतोलाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij