२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अप्रिल २७ देखि दोस्रो हङकङ-नेपाल ट्रेड फेयर हुने

अप्रिल २७ देखि दोस्रो हङकङ-नेपाल ट्रेड फेयर हुने

1.2K
Shares

हङकङ- हङकङमा दोस्रो पटक हङकङ नेपाल ट्रेड फेयर २०१९ हुने भएको छ। यही अप्रिल २७ देखि ३० सम्म हङकङको वाङचाइमा हङकङ नेपाल ट्रेड फेयर हुन लागेको हो। हङकङ नेपाल ट्रेड फेयर ट्रेड डेभलपमेन्ट काउन्सिलको आयोजनामा हुन लागेको फेयरलाई हङकङस्थित महावाणिज्य दुतावास, हङकङ नेपाल ब्यापार संघ र द गोर्खाज ग्रुप च्यारिटी फाउन्डेसनले साथ दिने भएका छन् ।

फेयरमा ५० हजारले अवलोकन गर्ने लक्ष्य आयोजकहरुले लिएका छन् । विशेषगरी फेयरमा नेपालका जडिबुटी र ह्यान्डीकाफ्ट साम्रगीहरुको प्रमोशन गरिने हङकङ नेपाल वाणिज्य संघका अध्यक्ष प्रकाश पुनले बताए।

साथै फेयरमा भिजिट नेपाल ट्वान्टी ट्वाटीलाई समेत मध्यजनर गरेर आयोजकहरुले स्टल राख्ने भएका छन् । ‘कसरी हङकङका मानिसहरुलाई नेपाल घुमाउन ल्याउने त्यस विषयमा पनि हामी प्रचार प्रसार गर्छौं,’ पुनले भने ।

पहिलो हङकङ-नेपाल ट्रेड फेयर २०१७ मा भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij