काठमाडौं – कामना सेवा विकास बैंकले पोखरा महानगरपालिकाको वडा नं १७,विरौटा चोकमा सेलवेज र्माट भएको भवनमा आफ्नो विरौटा शाखा स्थानान्तरण गरि कारोवार शुभारम्भ गरेको छ। पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि. सि., बैंक संचालक समितिका अध्यक्ष सुदिप आचार्य, संचालकहरु चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखा स्थानान्तरण पश्चात् कारोबार शुभारम्भ गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा स्थानान्तरण पश्चात् ग्राहकहरुलाई अझ आधुनिक बैंकिङ सेवा सुबिधासँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने बताए । मेयर जि. सि. ले उक्त समारोहमा बैंकले हालसालै ल्याएको सेवाको प्रशंसा गर्दै बैंकको उक्तरोतर प्रगतिको कामना गरे ।
हालसम्म बैंकले ८३ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ समय सापेक्षआफ्नासेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij