‘उरी’ अभिनेता विक्की कौशल सुटिङ्का क्रममा घाइते भएका छन्। घाइते भएका विक्कीको अनुहारमा १३ टाँका लगाइएको छ।
बलिउड सिनेमाका व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गर्दै विक्की घाइते भएको जानकारी दिका हुन्। उनका अनुसार एक दुर्घटनामा उनी गम्भीर घाइते बनेका हुन्। गुजराजमा एक सिनेमाको सुटिङमा उनी घाइते भएको उनको भनाइ छ।
उनी एक एक्सन दृश्यका क्रममा घाइते भएका हुन्। सुटिङका बेला ढओका उनीमाथी खसेपछि उनी घाइते भएका हुन्। घटना अप्रिल १८ मा भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij