२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास वैंकको “ मेरो पहिलो बचत खाता” सञ्चालनमा

मुक्तिनाथ विकास वैंकको “ मेरो पहिलो बचत खाता” सञ्चालनमा

1.1K
Shares

काठमाडौं– आफ्नो स्थापनाकालदेखि नै “ १ व्यक्ति– १ खाता, १ परिवार – १ उद्यमी” नारा आत्मसाथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदानगर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “ समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित“ खोलौ बैंक खाता अभियानलाई २०७६ ”अभियानलाई सफलपार्नको लागिनयाँ बचत योजना“मेरो पहिलो बचत खाता” सञ्चालन गरेको छ ।
२०७६ बैशाख १ गते देखि लागु हुने उक्त बचत खाताखोल्नुहुने प्राकृतिक व्यक्तिहरुलाई खाताखोल्ना साथबैंकले रु १०० /–(अक्षरुपी रु एक सयमात्र) नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको NTC वा NCELL को मोवाइल नम्बरमा रु १००/– (अक्षरुपी रु एक सयमात्र )बराबरको रिचार्ज ( टपअप ) गरिदिने छ ।

यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्कअन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३००० ATM बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध छन् ।
हालसम्म बैंकले देशैभरी आफ्ना ११४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख ग्राहकवर्गलाई बैकिङ्ग सेवाहरु प्रदानगर्र्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij