२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काभ्रेमा टिपर पल्टिदा चालकको मृत्यु

काभ्रेमा टिपर पल्टिदा चालकको मृत्यु

970
Shares

काभ्रे- बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त टिपर सडकबाट अन्दाजी ३०० मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij