२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनबीआई र कामना सेवा विकास बैंक बीच सम्झौता

एनबीआई र कामना सेवा विकास बैंक बीच सम्झौता

850
Shares

काठमाडौं -कामना सेवा विकास बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविण बस्नेत र एनबीआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।

समझौतापत्रमा कामना सेवा विकास बैंक लि. का १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले हाल बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी प्रदानगर्दै आईरहेको विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जेएनबीआई कोर्स प्रदान गर्ने सहमति भएको छ ।

बैंकिङ्ग कर्मचारीहरुको क्षमता एवँ दक्षता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । विशेष गरी सहायक तह देखी सहायक प्रबन्धक तह सम्मका कर्मचारीहरुलाई लक्षित गरी यो कोर्सको डिजाइन गरिएकोमा बैंकिङ्ग जगतबाट यो कोर्सको सम्बन्धमा राम्रो प्रतिक्रिया लाई धेरै बैंक तथावित्तीय संस्थाका कर्मचारीहरुले यो कोर्स अध्ययन गरी लाभान्वित भईसेकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij