२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको निर्माण सकियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको निर्माण सकियो

1.7K
Shares

पोखरा – कास्की जिल्लाको पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ । अब पोखरा विमानस्थल तोकिएको समयभन्दा पहिले नै निर्माण हुने राष्ट्रिय गौरबको आयोजना बन्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको मुख्य निर्माणको कामका रुपमा रहेको रनवेको काम सकिएको छ।
२५ सय मिटरको यो रनवेमा ढलान गरिएको छ । अन्य विमानस्थलमा पिच गर्ने गरिएपनि पनि पोखरामा पहिलो पटक रनवेमै ढलान गरिएको हो ।
विमानस्थलको एप्रोन निर्माण भइसकेको छ भने ट्याक्सी वे निर्माणको काम पनि भइरहेको छ । मुख्य टर्मिनल भवनको काम दुई तिहाई सकिएको छ भने अन्य भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
अहिले पनि विमानस्थलमा धमाधम काम भइरहेको छ । सन् २०२१ को जुलाइभित्र निर्माण सकिसक्ने लक्ष्य भएपनि अब सन् २०२०को डिसेम्बरभित्रै पोखरा विमानस्थल सञ्चालनमा आइसक्ने भएको छ ।

विमानस्थलका लागि सरकारले ०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij