२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनता बैंकको ‘सबै नेपालीको बैंक खाता’ अभियान संचालनमा

जनता बैंकको ‘सबै नेपालीको बैंक खाता’ अभियान संचालनमा

1K
Shares

काठमाडौं -नेपाल सरकारले शुरु गरेको सबै नेपालीको बैंक खाता अभियानलाई पूर्ण रुपमा सफल पार्नको लागि जनता बैंकले ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको छ ।

शुन्य मौज्दातमा खाता खोल्न सकिने, खाता खोल्दा १ सय रुपैयाँ बैंकको तर्फबाट जम्मा गरिदिने,६.५ प्रतिशत वार्षिक व्याजदर पाइने बैंकले जनाएको छ ।

साथै, दैनिक मौज्दातमा त्रैमासिक ब्याज भुक्तानी, २ लाख रुपैयाँ सम्मको एबिबिएस सेवा निःशुल्क र झंझट रहित सरल रुपमा खाता खोल्न सकिने छ । देशभरी रहेका बैंकको १ सय २८ वटै शाखाबाट यस खाता खोल्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij