काठमाडौंं–मुक्तिनाथ विकास बैंकले वैशाख १ गते देखि लागू हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ।
बैंकले भिसा डेबिट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ ।बैंकले भिसा डेबिट कार्ड अन्तर्गत इन्स्टेन्ट भिसा डेबिट कार्ड सेवा सुरु गरेको हो।
यस अन्तर्गत ग्राहकले भिसा डेबिट कार्डको निवेदन फाराम बुझाएको दिनमै भिसा डेबिट कार्ड लिन पाउने बैंकको भनाइ छ।त्यसैगरी बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकले नेपालको जुनसुकै बैंकका एटिएमबाट विना कुनै अतिरिक्त शुल्क रकम झिक्न सक्ने बैंकले जनाएको छ।
साथै मुक्तिनाथ स्मार्ट बैंकिङ एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत तथा एनसिएलमा रिचार्ज गर्दा ५ प्रतिशत सम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ। हाल बैंकका देसभरि ११४ शाखा तथा २२ वटा एटिएम छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij