काठमाडौं – गीतकार सुरेश वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ बर्ष २०७६को उपलक्ष्यमा दर्शक तथा स्रोताहरुमाझ नयाँ साङ्गीतिक कोसेली स्वरुप उक्त गीत सार्वजनिक गरिएको रचनाकार वाग्लेले जानकारी दिए।
गीतमा हरि लम्सालको सङ्गीत तथा गायक शिव परियारको स्वर सुन्न सकिन्छ। चर्चित नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विकसहित साथीहरुको अभिनय रहेको गीतका भिडियोमा गायक परियारको समेत अभिनय देख्न सकिन्छ।
सार्वजनिक आधुनिक रोमान्टिक गीतको भिडियोलाई राम केसीले छायांकन गरेका हुन् भने, भिडियोमा राजीभ समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ तथा, भिएफएक्स रहेको छ।
गायक शिव परियारले आफूले मेहनतका साथ गीतमा न्याय गरेको भन्दै गीतको सफलता प्रति आशा व्यक्त गरे। गायक शिव परियारको गीतमा पहिलो पटक काम गर्न पाएकोमा सरोज र आस्माले खुसी व्यक्त गरे ।
गत वर्ष सार्वजनिक एकल एल्वम ‘तिमी साथ भएपछि’ का गजलहरू लोकप्रिय भएपछि उत्साहित भएका वाग्ले यो गीतबाट निकै आशावादी रहेको बताए । विगत लामो समयदेखि अमेरिकाको वोस्टनमा बस्दै आएका रचनाकार वाग्ले बोस्टन स्थित हिमालयन कल्चरल एकेडेमीका अध्यक्ष हुन् ।
https://youtu.be/wEdqCMPu5PM
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij