काठमाडौं–राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच टीभीसी प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले हस्ताक्षर गरेका छन् । सो समारोहमा नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको उपस्थितीमा सो सम्झौता भएको छ ।
सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण हुनेछ । समारोहमा नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले दुई सार्वजनिक संस्थाको सहकार्यबाट सिनर्जी इफेक्ट हुन गई संस्था र सरकार थप बलियो हुने बताए ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने विश्वास ब्यक्त गरे । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले दुबै संस्थाको बिश्वास र इमेज बढेर जाने बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij