२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको “खोलौ बैंक खाता अभियान”नयाँ बचत योजना

कामना सेवा विकास बैंकको “खोलौ बैंक खाता अभियान”नयाँ बचत योजना

1.5K
Shares

काठमाडौं – कमना सेवा विकास बैंकले निः शुल्क बीमा सहितको नयाँ बचत योजना सार्वजानिक गरेको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “खोलौ बैंक खाता अभियान २०७६”अभियानलाई सफल पार्ने उद्देश्यले सबै नेपालीमाझ बैंकिङ पहुँच पुर्याउने अभिप्रायका साथ बैंकले खोलौ बैंक खाता अभियानको थालनी गरेको हो ।

वैशाख १ गते देखि लागु हुने गरी उक्त बचत खाता संचालनमा ल्याएको हो । सो खाता खोल्ने हरेक व्यक्तिलाई बैंकले १ सय नगद खातामा जम्मा गरिदिने छ भने आफ्नै खर्चमा सात लाख सम्मको दुर्घटना बीमा समेत गरी दिने बैंकले जनाएको छ ।

हालसम्म बैंकले मुलुकभर ८१ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । समय सापेक्षआफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij