२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको नयाँ शाखा गोरखाको पालुङटारमा

प्रभु बैंकको नयाँ शाखा गोरखाको पालुङटारमा

890
Shares

गोरखा – प्रभु बैंकले गोरखा जिल्लाको पालुङटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सरल र सहज ढंगले बैंकिङ सेवा प्रदान गर्न चैत्र २८ गते देखि पालुङटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । प्रभु बैंक पालुङटार नगरपालिकामा शाखा खोल्ने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।

चैत्र २८ गते देखि सञ्चालनमा आएकोे पालुङ्गटार शाखा कार्यालबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा प्राप्त सहज पुग्ने अपेक्ष बैंकको रहेको छ । साथै पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij