२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनबिआईको वित्तीय साक्षरता अभियानमा कामना सेवा विकास बैंकको साथ

एनबिआईको वित्तीय साक्षरता अभियानमा कामना सेवा विकास बैंकको साथ

1.5K
Shares

काठमाडौं – नेशनल बैंकिङ ईन्स्टिच्यूट र कामना सेवा विकास बैंक बीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ । नेशनल बैंकिग ईन्स्टिच्यूट र कामना सेवा विकास बैंक बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौता भएको हो । सम्झौतामा एनबिआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविन बस्नेतले हस्ताक्षर गरे ।

सम्झौता पछि एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु बारे कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोबाइल एपको संरचनाबारे ज्ञान दिलाई आ –आफ्नो ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ ।

साथै बैंकले एनबिआई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरि दिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij