२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारले कम्युनिष्टलाई दमन गर्यो : मोहन वैद्य

सरकारले कम्युनिष्टलाई दमन गर्यो : मोहन वैद्य

725
Shares

काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राजनीतिक दलहरुलाई राजनीतिक दल सरहकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन् ।
शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थागत नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले दलहरुप्रति राजनीतिक दलकै व्यवहार गर्न सुझाएका हुन् ।
उनले सरकारले नेत्र विक्रम चन्दलाई अनावश्यक रुपमा माथि उठाएको टिप्पणी गरे । उनले कम्युनिष्टको सरकारले कम्युनिष्टहरुलाई नै दमन गर्ने गरेको भन्दै असन्तुष्टी जनाए । कृष्णदास फाउन्डेसनले श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij