काठमाडौं –जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजिआई)ले खान मिल्ने सुनको पत्र भएको प्रिमियम भोड्का रुस्लान गोल्ड रिजर्भ बजारमा ल्याएको छ । भोड्काका पारखीलाई नयाँ स्वाद प्रदान गर्न टेस्ट गोल्ड, फिल गोल्ड नाराका साथ नेपालकै पहिलोपटक ल्याएको उक्त भोड्कामा २३ क्यारेट गोल्ड फ्लेक्स राखिएको कम्पनीले जनाएको छ ।
युरोपियन फुड ग्रेडबाट प्रमाणित यस भोड्कामा मिसाइएको सुन जर्मनीबाट आयात गरिएको कम्पनीको भनाइ छ । गुणस्तरका लागि रुस्लान गोल्ड रिजर्भ भोड्काको हरेक ब्याच आइएसओ–आइइसी प्रमाणित ल्याबबाट परीक्षण गरिएको कम्पनीको दाबी छ ।
भोड्काका पारखीले अत्यधिक रुचाउँदै आएको रुस्लान ब्रान्डले ग्राहकलाई नयाँ स्वाद प्रदान गर्न गोल्ड रिजर्भ भोड्का ल्याएको जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले जानकारी दिए ।
रुस्लान गोल्ड रिजर्भ हाललाई काठमाडौंका सीमित स्टोर, रेस्टुरेन्ट, बार, क्लब र लाउन्जमा उपलब्ध हुने बताइएको छ । यो भोड्का ७ सय ५० मिलिको २ हजार २ सय, ३७५ मिलिको १ हजार १ सय तथा १ सय ८० मिलिको ५ सय ५० रुपैयाँ प्रतिबोतलमा उपलब्ध हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij