काठमाडौं –एलजीले आफ्ना विभिन्न नयाँ उत्पादन कार्यक्रममा नयाँ प्रविधि सञ्चालन गर्ने बताएको छ । मीनभवनस्थित सोरुममा आयोजित नयाँ प्रडक्ट सार्वजिक कार्यक्रममा कम्पनीले वासिङ मेसिन, डिसवासर र फ्रिजमा एलजी स्मार्ट थिंक टेक्नोलोजी सञ्चालन गरेको जानकारी दिएको हो ।
एलजी स्मार्ट थिंक प्रविधिअन्तर्गत फ्रिज, वासिङ मेसिन र डिसवासरलाई स्मार्टफोनको सहायताले घरबाटै वा बाहिरको कुनै पनि स्थानबाट चलाउन र कन्ट्रोल गर्न सकिन्छ ।
यसका साथै कम्पनीले लोयल्टी प्रोग्रामसमेत ल्याएको छ । प्रोग्रामअन्तर्गत ग्राहकले सिजी इलेक्ट्रोनिक्सका कुनै पनि सामान खरिदमा छुटलगायत सुविधा पाउने बताइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij