काठमाडौं – चर्चित अभिनेत्री नम्रता श्रेष्ठलाई अब मार्शल आर्ट खेलाडीको भूमिकामा देख्न पाइने भएको छ । चलचित्र ‘जाईरा’मा उनले पहिलो पटक खेलाडीको भूमिका निर्बाह गरेकी हुन् ।
यो चलचित्रमा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरकामुख्य भूमिका रहेको छ ।
नम्रताले यस चलचित्रका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याउनुका साथै आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन् ।

एक्शन प्रधान ‘जाईरा’लाई आँशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जनल तयार पारेका छन् । कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा।लिको प्रस्तुतिमा बनेको फिल्ममा प्रशन्न गोपाली कार्यकारी निर्माता रहेका छन् ।
कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ, भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij