२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इथियोपियन एयरलाइन्सको १४९ यात्रु सवार बोइङ विमान दुर्घटना

इथियोपियन एयरलाइन्सको १४९ यात्रु सवार बोइङ विमान दुर्घटना

3K
Shares

एजेन्सी-केन्याको राजधानी नैरोबीतर्फ गइरहेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ विमान आदिस अबाबानजिकै आइतबार बिहान दुर्घटना भएको छ ।
फ्लाइट नम्बर इटी ३०२ भएको बोइङ ७३७–८०० म्याक्स विमान स्थानीय समयअनुसार ८ बजेर ३८ मिनेट जाँदा इथियोपियाको राजधानीस्थित बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने बित्तिकै सम्पर्कविहिन बनेको थियो ।

आदिस अबाबाको दक्षिणपश्चिममा रहेको विसोफ्तुमा विमान दुर्घटनाग्रस्त बनेको थियो । एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु तथा ८ जना चालक दलका सदस्य रहेका थिए ।

एयरलाइन्सले उद्धार कार्य जारी रहेको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij