काठमाडौं– गायिका तथा नायिका सारिका घिमिरेको नयाँ गित ‘बिर्सियौ कि माया तिमीले’ सार्वजनिक भएको छ । गितमा गायिका घिमिरेकै शब्द–सङ्गीत सुन्न सकिन्छ । यस युगल गीतमा सारिकालाई योगेश काजीले स्वरमा साथ दिएका छन् । गीतमा म्युजिक एरेन्ज पनि योगेशकै रहेको छ भने भिडियोमा गायक–गायिका अर्थात सारिका र योगेशको जोडीलाई नै देख्न सकिन्छ । ‘बिर्सियौ कि’ गीतको भिडियो राम सिंह भाटको छायाङ्कन तथा वीरेन्द्र भाट विपिनको निर्देशन र सम्पादनमा तयार भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij