२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कान्ति बाल अस्पतालमा हुन्छ ३ वर्षअघि म्याद सकिएको मेसिनबाट सिटी स्क्यान

कान्ति बाल अस्पतालमा हुन्छ ३ वर्षअघि म्याद सकिएको मेसिनबाट सिटी स्क्यान

1.5K
Shares

काठमाडौं–वीर अस्पताल र ट्रमा सेन्टरमा करोडौँमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपकरणबाट बालबालिकाको उपचार भइरहेको छ ।

कान्तिमा सिटी स्क्यान मेसिन खरिद गरिएको आठ वर्ष भयो । यो मेसिनको म्याद पाँच वर्ष मात्र थियो । तर, म्याद गुज्रिएको तीन वर्ष हुँदा पनि अस्पतालले नयाँ मेसिन खरिद गर्न सकेको छैन । ‘अस्पतालको बजेटले कर्मचारीलाई तलब खुवाउनसमेत मुस्किल छ, नयाँ उपकरण खरिद गर्ने हाम्रो आर्थिक हैसियत छैन,’ अस्पतालका निर्देशक डा। गणेश राईले भने ।

उपकरण खरिद गर्न अस्पतालले सरकारसँग पटक–पटक ताकेता गरेको छ । तर, अघिल्लो वर्षभन्दा बजेट झन् घटेको छ । नयाँ पत्रिका दैनिका खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij