२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जुवातासको नसाले बनायो उठिबास

जुवातासको नसाले बनायो उठिबास

1.4K
Shares

काठमाडौँ–पुख्र्यौलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकासप्राप्त ब्रिटिस–लाहुरे हुन् ।

अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभई सङ्कटमा परेका छन् ।
साथीसङ्गीसँगको बाक्लो उठबसका कारण जुवाको लतमा फसेका मगरले जागिरे जीवनबाट प्राप्त गरेको अधिकांश सम्पत्ति गुमाइसकेका छन् । केही दिनअघि गोंगबुस्थित जुवाखालबाट समातिएका मगर त्यसअघि पनि तीन पटक पक्राउ परिसकेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँले मगरसहित पक्राउ परेका नौ जनालाई जुवा खेलेको आरोपमा पक्रिएको छ । जुवाडेको साथबाट नगद नभई किलो भन्दा बढी मकैको गेडा र सिमीको दाना बरामद गरिएको छ । परिसर प्रमुख बसन्तकुमार लामाका अनुसार प्रहरीको आँखा छल्न र जुवा खेललाई सहज बनाउन नगदको सट्टा मकै र सिमी प्रयोग गर्छन् ।

काठमाडौँ उपत्यकामा सञ्चालित अबैध जुवाअखडाहरूमा नगदको सट्टा यस्तै गेडागुडी प्रयोग गरी जुवातास खेल्दाखेल्दै कतियय पूर्वब्रिटिस लाहुरे मगर जस्तै सङ्कटमा परेका छन् ।
गोकर्णेश्वर जोरपाटीबाट पक्राउ परेका वाङ्गेल लामा भन्छन्, “जुवाखालमा हार्दा सिमीको दाना हारेको जस्तै हुन्छ तर, त्यसलाई पछि नगदमा रुपान्तरण गर्दा घरजग्गा नै गइसकेको हुन्छ ।” जुवाघर सञ्चालनको आरोपी समेत रहेका वाङ्गेल जुवातास ‘नसा’ भएको स्वीकार्छन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij