काठमाडौं– विश्वका अर्वपतिमध्ये नेपालका एकमात्र अर्बपति बिनोद चौधरीको सम्पत्ति एकवर्षमा २० करोड अमेरिकी डलरले बढेको छ ।
फोब्र्सका अनुसार चौधरी विश्वमा १३४९ औ धनी व्यक्तिमा पर्छन् ।
विश्वका अर्बपतिको सूचि प्रकाशित गर्ने फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको सूचि अनुसार २०१८ को तुलनामा २०१९ मा चौधरीको सम्पत्ति २० करोड अमेरिकी डलर अर्थात २२ अर्ब ४० करोड नेपाली रुपैयाँले बढेको हो ।
सन् २०१८ मा चौधरीको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलरको रहेको थियो । सन् २०१३ मा फोब्र्सको अर्बपतिको सूचिमा परेका चौधरीको एक वर्ष बाहेक हरेक वर्ष सम्पत्ति बढ्दै गएको छ ।
उनी चौधरी चौधरी ग्रुपको प्रमुख हुन् । यो समूहले नेपालमा नबिल बैंक चलाउँछ । यसैमार्फत समेत खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालनमा छ भने विद्युत, व्यापार र होटल क्षेत्रमा समेत चौधरीको लगानी छ ।
बिनोद चौधरीसँग सिजी फुड र त्यस अन्तर्गत लोकप्रिय चाउचाउ वाइवाई रहेको छ । जसको उत्पादन नेपाल बाहेक भारत,सर्विया,साउदी अरब र बंगलादेशबाट हुन्छ । सिजीले २९ वटा आफ्नो स्वामित्वमा ७० वटा व्यवस्थापन हेर्ने लक्जरी होट रहेका छन् । नबिल बैंकमा बहुमत सेयर रहेका छ ।
२०६४ सालमा नेकपा एमालेबाट संविधानसभा सभासद् भएका चौधरी अहिले नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक अन्तर्गत सांसद् रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij