पोखरा – बंगलादेशमा उत्पादित रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटर अब पोखरामा उपलब्ध भएको छ । नेपालका लागि आधिकारीक बिक्रेता रमण मोटर्स प्रा.लि.ले पोखराका लागि स्टारजोन कम्पनी प्रा.लि.लाई आधिकारीक डिलर नियुक्ती गरेको छ ।
उक्त शोरुमको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गरे ।
नेपालमा पहिलोपटक ६ वर्ष वारेन्टी र ९ वटा फ्रि–सर्भिसका साथ प्रस्तुत रनर ब्राण्डका १०० सीसीदेखि २५० सीसीसम्मका विभिन्न आकर्षक मोटरसाइकल तथा ११० सीसीको स्कुटरले देशका अन्य शहरहरुमा झैं पोखरामा पनि राम्रो बजार जमाउने विश्वास रमण मोटर्स प्रा.लि.का जनरल म्यानेजर विनोद थापाले बताए ।
उद्घाटनको अवसरमा विशेष छुट प्रदान गर्नुको साथै आफ्नै रमण ब्राण्डको इन्जिन आयलसहित प्रशस्त मात्रामा आवश्यक स्पेयर्स पार्टस् र दक्ष तथा आधुनिक औजारहरु समेतको सर्भिस सेन्टरबाट ग्राहकलाई पूर्ण सन्तुष्टिका साथ सेवा प्रदान गरिने स्टारजोनका निर्देशक विशाल वास्तोला बताउँछन् ।
उक्त शोरुम उद्घाटनको अवसरमा पोखरा युनिभर्सिटीका प्रतिनिधी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, माछापुच्छे« गाँउपालिका वडा नं. २ का वडाअध्यक्ष, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष, मिडियाकर्मी, बैंक तथा वित्तिय संस्था, अटोमोबाइल क्षेत्रका प्रतिनिधि र अन्य अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij