२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शुक्रबारदेखि राजधानीमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

शुक्रबारदेखि राजधानीमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

2.1K
Shares

काठमाडौं– मिडिया स्पेस सोलुसन्स र फ्युरेक्स ट्रेड फेयर एण्ड इभन्ट प्रालिले संयुक्त रुपमा आयोजनामा शुक्रबारदेखि राजधानीमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ।

यस पाचौँ संस्करणको एक्पोमा विभिन्न देशका २०० भन्दा बढी ख्यातिप्राप्त ब्राण्डका १२० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। ‘नेपाल उड इन्टरन्यासनल एक्स्पो’ शुक्रबारदेखि आइतबारसम्म भृकृटीमण्डपमा हुन लागेको हो।

मेलामा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसँग सम्बन्धित उत्पादन तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने छन्।

नेप्लाई टाईटल स्पोन्सर रहेको प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकको दावी छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij