काठमाडौं – नेपाल लिकर्सले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । हालै मनाएको वार्षिकोत्सव समारोहका अवसरमा कम्पनीले ब्लु–रिब्यान्ड जिनलाई नयाँ बोतलमा सार्वजनिकसमेत गरेको छ ।
नेपाल लिकर्स कम्पनीले हाल एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिब्यान्ड जिनलगायत विभिन्न ६ ब्रान्डको उत्पादन गर्दै आएको छ ।
स्वर्गीय भक्त वीर सिंह तुलाधरले भारतको युनाइटेड स्प्रिट्स् इन्डिया लिमिटेडसँगको व्यावसायिक साझेदारको रूपमा ४० वर्षअघि सुरु गरेको यो व्यवसाय उनका छोरा राजेश वीर सिंह तुलाधरले संचालन गर्दै आएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij