२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवरात्रीको अवसरमा काठमाडौंमा सवारी साधनको रुट परिवर्तन (रुट परिर्वतनसहित)

शिवरात्रीको अवसरमा काठमाडौंमा सवारी साधनको रुट परिवर्तन (रुट परिर्वतनसहित)

1.2K
Shares

काठमाडौं – शिवरात्रीलाई लक्षित गरी काठमाडौंमा सवारी साधनको रुट परिवर्तन गरिएको छ । पशुपतिको दर्शन गर्ने श्रद्धालु भक्तजनहरुलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सवारी साधनको रुट परिवर्तन गरेको हो ।

ट्राफिक प्रहरीले केही ठाउँमा डाइभर्सन र केही स्थानमा निषेध गरेको छ। माइक्रोबस तथा टेम्पोको लागि सुन्धाराबाट बौद्ध जोरपाटी पुग्न महेन्द्रशालिक, कृष्ण पाउरोटी, जयनेपाल, नक्साल, सानो गौचरन सिफल, लामपोखर र गणेशस्थान, चावहिल हुदैँ जोरपाटी जाने व्यवस्था मिलाएको छ।

त्यस्तै जोरपाटीबााट बौद्ध हुदै सुन्धारा आउने टेम्पो तथा माइक्रोबसको लागि चाबहिल, नारायण गोपाल चोक, लाजिम्पाट, केशहरमल, जमल, घण्टाघर हुदै सुन्धार आउने व्यवस्था परेको छ। नारायणगोपाल चोकबाट चल्ने गाडी चाबहिल पुगेपछि फर्कने छ। कोटेश्वर, बानेश्वरबाट जाने गाडीहरु भने सिनामंगलबाट अगाडि जान पाउने छैन।

पुरानो बानेश्वरबाट अगाडि जान पनि सवारी साधनलाई रोक लगाइएको छ। ट्राफिक प्रहरीले चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, गौरीघाटबाट उमाकुण्डको मार्ग रोकिने जनाएको छ।

पार्किङको व्यवस्था
पर्यटकको बस र अन्य पास भएका सवारीहरुलाई चार स्थानमा पार्किङको व्यवस्था मिलाएको छ। तिलगङ्गा आँखा अस्पताल अगाडिको खाली ठाउँ, सिफल चौर, गुहेश्वरी पारी र देवउद्यानस्थित कोषको कार्यालयमा पार्किङको व्यवस्था गरिएको छ । सिफलमा दर्शनार्थीको लागि पार्किङ, तिलगङ्गमा पर्यटक बस, दर्शनार्थी र विदेशी पर्यटकले पार्किङ गर्ने व्यवस्था मिलाएको हो।

गुहेश्वरी पारी वागमती कोरिडोर र जोरपाटीबाट चावहिल हुर्दै आउने सवारी साधनले पार्किङ गर्ने छन् । सिफल चौरमा सानो गौचरण, कालो पुल आउने सवारीले, तिलगंगामा तीनकुने, सिनामंगल हुर्दै तिलगंगामा पार्किङ गर्न पाउनेछन् ।

त्यस्तै पुरानो बसपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र त्यहीबाट पुरानोबसपार्क फिर्ता हुनेछन्।

पुरानो बसपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानी विभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदै जमलसम्म तत्पश्चात महेन्द्रशालिक तीनधारा पाठशाला हुँदैं पुरानोबसपार्क फिर्ता हुने व्यवस्था मिलाएको छ। कालोपुल हुँदैं कपन चल्ने सवारी साधनहरु खानी विभाग, लाजिम्पाट हुँदैं महाराजगंजको बाटो चल्ने छन्।

जोरपाटी, बौद्ध, चावहिल हुदै महाराजगंजतर्फ जाने मालवाहक सवारी साधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंज तर्फ जाने व्यवस्था मिलाएको छ । कोटेश्वर, तिनकुने, गौशाला हुर्दै बौद्ध वा सुकेधारा तर्फ जाने मालवाहक सवारी साधनहरु कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुदै बौद्ध तर्फ जाने छन्।

कोटेश्वर तिनकुने हुँदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरु गैरीगाउँमा मेला अवधिभर पार्किङ गर्नुपर्ने हुन्छ । महाराजगंज, चावहिल हुदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरु बसुन्धारामा मेला अवधिभर कुर्नुपर्ने हुन्छ।

कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदैं बौद्ध जोरपाटीसम्म पुग्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij