२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्वमन्त्री भरतमोहन अधिकारीलाई तीन छोरीले दिए दागबत्ति

पूर्वमन्त्री भरतमोहन अधिकारीलाई तीन छोरीले दिए दागबत्ति

855
Shares

काठमाडौं– पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
८२ वर्षीय अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो ।
अन्त्येष्टिअघि आर्यघाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाएका थिए ।
पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीले दागबत्ति दिएका छन् ।
नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टिअघि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
दिवंगत नेता अधिकारीका श्रीमती र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij