२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मैले परिवारका सदस्य गुमाए झैं असह्य पीडा महसुस गरेको छु -प्रधानमन्त्री

मैले परिवारका सदस्य गुमाए झैं असह्य पीडा महसुस गरेको छु -प्रधानमन्त्री

3K
Shares

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित अन्य यात्रुको हेलिकप्टर दुर्घटनामा भएको निधनप्रति दुख व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत भनेका छन् – “हामीले देखेको “समृद्ध नेपाल, सुखी नेपाली”को सपना साकार पार्ने एक सारथीका रूपमा आज मा. अधिकारी, यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अव्वल पर्यटन व्यवसायी आङ् छिरिङ शेर्पा सहित तेह्रथुमको चुहान डॉडॉमा नयॉ एयरपोर्टको संभाव्यता अध्ययनको लागि जानु भएको थियो ।

यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको छु । मृतकहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दु:ख व्यक्त गर्दछु। सरकार साथमा छ- हामी सबै साथ-साथ मिलेर यस पीडालाई सहन गर्न सकौं ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij