दाङ– दाङमा गएराति भएको सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दाङको दुधरासबाट छिल्लीकोट तर्फ जाँदै गरेको लु १ च ५९१२ नम्वरको पिकअप जिप बाहिरी संक्राम भन्ने स्थानमा दुर्घटना हुँदा चालक तुल्सीपुर उपमहानगर पालिका–१९, बाँसगडीका ३५ बर्षिय लालबहादुर रावत र सोही वडा छिल्लीकोट ५५ बर्षिय अमरबहादुर ओलीको मृत्यु भएको हो ।
घाइते हुनेहरुमा सोही वडाका बर्ष ४४ का कर्णबहादुर खड्का १६ बर्षिय लिलाबहादुर खड्का , घोराही उपमहानगरपालिकी २२ बर्षिया सपना सिंह ठकुरी, उनका ५ बर्षका छोरा सन्दिप र सुजल सेन रहेका छन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij