२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी सहायक रक्षामन्त्रीबीच भेटवार्ता

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी सहायक रक्षामन्त्रीबीच भेटवार्ता

800
Shares

काठमाडौं– नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन अमेरिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
सोमबार बिहान नेपाल भ्रमणमा रहेका दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी अमेरीकी सरकारको तर्फबाट प्रतिवद्धता जनाए।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्ने बारेमा छलफल भएको छ। विशेष गरेर नेपाल सरकारले अघि सारेको आर्थिक विकास र समृद्धिको अभियानलाई सहयोग गर्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका थिए।

नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उपसहायक सचिव जोसेफ फेल्टरले प्रधानमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij